स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने सरकारको निर्णय

भक्तपुर, माघ २४
सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। । मन्त्रिपरिषदको सोमवार बसेको बैठकले २०७९ बैशाख ३० मा ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक निर्वाचन गर्ने निर्णय गरेको हो ।
स्थानीय निर्वाचनको मिति तोक्न दवाब बढ्दै गएको अवस्थामा सरकारको निर्णय आएको हो । यसअघि सरकारसँगको परामर्शमा निर्वाचन आयोगले २०७९ जेठ ४ गते स्थानीय निर्वाचन गर्न मिति प्रस्ताव गरेको थियो । आयोगले आगामी जेठ ५ गते स्थानीय तहका सबै जनप्रतिनिधिहरुको कार्यकाल सकिने भन्दै छिटो मिति तोक्न सरकारलाई आग्रह गर्दै आएको थियो ।