मोरिसस विरुद्ध खेलको १० औं मिनेटमा नेपाललाई अग्रता

भक्तपुर, माघ १८
दक्षिण अफ्रिकी मुलुक मोरिससविरुद्ध काठमाण्डौंको दशरथ रंगशालामा जारी दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ ।
खेलको १० औं मिनेटमा नेपालले सुजल श्रेष्ठको गोलले अग्रता लिएको हो । नविन गुरुङले प्रहार गरेको कर्नरमा रिफ्लेक्ट भएर आएको बललाई आशिष लामाले प्रहार गरे । सो बललाई पुजन उपकोटीले व्याक पास मिलाए र सुजलले वन टचमा बललाई जाली चुमाए ।
लगत्तै मोरिससले बराबरी गर्ने सुवर्ण अवसर पाए । नेपालका दिनेश राजवंशीले मोरिससका खेलाडीलाई डि बक्समा लडाएपछि मोरिससले पेनाल्टीको अवसर पाए । मोरिससको पेनाल्टीलाई नेपाली गोलकिपर किरण चेम्जोङले दाँयातर्फ डाइभ दिँदै उत्कृष्ट बचाउ गरे । रिबाउण्ड भएर आएको बललाई एरिक बिष्टले क्लियर गरेर नेपालको संकट टारे ।