भक्तपुरका दंगाल सचिवमा बढुवा

भक्तपुर, माघ १८
सहसचिव रामेश्वर दंगाल सचिवमा बढुवा हुनुभएको छ । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले भक्तपुर चाँगुनारायण नगरपालिकाका दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
अर्थ मन्त्रालयका सहसचिव दंगाललाई सचिवमा बढुवा गर्न आइतवार लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले पहिलो नम्बरमा सिफारिस गरेको थियो । बढुवा समितिको बैठकले पहिलो नम्बरमा दंगाल, दोस्रो नम्बरमा मुकुन्दप्रसाद निरौला र तेस्रो नम्बरमा विनोदप्रकाश सिंहको नाम सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद बैठकले पहिलो नम्बरमा सिफारिस गरिएका दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।