वरिष्ठ पत्रकार राणालाई मातृशोक

स्व. मीनकुमारी राणा

भक्तपुर, माघ १५
वरिष्ठ पत्रकार एवं देशान्तर मिडिया प्रा. लि.का प्रधान सम्पादक तथा प्रबन्ध निर्देशक कवीर राणालाई मातृशोक परेको छ । नेपाली कांग्रेस भक्तपुरका नेता समेत रहनुभएका राणाकी माता मीनकुमारी राणाको शनिवार ८३ वर्षको उमेर निधन भएको हो ।
अकस्मात ह्दयघात भएपछि मीनकुमारीलाई उपचारका लागि थिमिस्थित मध्यपुर अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा उहाँको शनिवार निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
स्व. मीनकुमारीको पार्थिव शरीरको अन्त्येष्टि शनिवार नै पशुपतिस्थित आर्यघाटमा गरिएको छ । स्व. मीनकुमारीलाई अन्तिम श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु एवं पत्रकारहरु आर्यघाट पुग्नुभएको थियो ।