सार्वजनिक सवारीमा जोर बिजोर खारेज, नीजि सवारी र ट्याक्सीमा यथावत

भक्तपुर, माघ १४
जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज (शुक्रवार) राती देखी लागू हुने गरी सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली खारेज गरेको छ । कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि यसअघि लागू गरिएको जोर बिजोर प्रणालीका बारेमा व्यापक जनगुनासो आएपछि काठमाण्डौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज रातीदेखी लागू हुने गरी सार्वजनिक यातायातमा जोर बिजोर प्रणाली खारेज गरेको हो ।
प्रशासनले नीजि सवारी साधन र ट्याक्सीमा भने यसअघिकै प्रावधानलाई निरन्तरता दिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुक्रवार १६ बुँदै आदेश जारी गर्दै सार्वजनिक सवारी साधनहरु बस, माइक्रो र टेम्पो जोर बिजोर प्रणाली लागू नहुने गरी सञ्चालन गर्न पाईने उल्लेख गरिएको छ ।