भक्तपुरमा बुधवार थपिए ५२८ कोरोना संक्रमित

भक्तपुर, माघ १२
भक्तपुरमा बुधवार ५२८ जना नयाँ कोरोना संक्रमित थपिएका छन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बुधवार ३४५ पुरुष र २३७ महिला संक्रमित थपिएका हुन ।
भक्तपुरमा बुधवार सबैभन्दा धेरै सूर्यविनायक नगरपालिकामा १३४ पुरुष र ७० महिला गरी कुल २०४ जना कोरोना संक्रमित थपिएका छन । सूर्यविनायकमा सक्रिय संक्रमितको संख्या १ हजार ३३० पुगेको स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो ।
त्यस्तै मध्यपुर थिमिमा ९३ पुरुष र ६५ महिलासहित १५८ जना नयाँ कोरोना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या १ हजार २५३ पुगेको छ । जसमध्ये ६४५ पुरुष ६०८ महिला छन ।
भक्तपुर नगरपालिकामा बुधवार ४८ पुरुष र ३८ महिला गरी ८६ जना नयाँ कोरोना संक्रमित थपिँदा चाँगुनारायण नगरपालिकामा २४ पुरुष र २१ महिला गरी ४५ जना संक्रमित थपिए । यससँगै भक्तपुर नगरपालिकामा ४३५ पुरुष ४६५ महिला गरी सक्रिय संक्रमितको संख्या ९ सय पुगेको छ भने चाँगुनारायणमा ३ सय पुरुष र २३४ महिला गरी कुल ५३४ जना सक्रिय संक्रमित छन ।
त्यस्तै भक्तपुर ठेगाना भई नगरपालिका नखुलेका ४६ जना पुरुष र ४३ जना महिला संक्रमित बुधवार थपिएसँगै स्थानीय तह नखुलेका सक्रिय संक्रमितको संख्या ७३४ पुगेको छ । जसमध्ये ३६६ पुरुष र ३६८ महिला छन ।