जबरजस्ती करणी गर्नेलाई १२ बर्ष कैद

भक्तपुर, माघ १२
भक्तपुर जिल्ला अदालतले सिन्धुलीका विजय भन्ने आशिष नेपालीलाई जबरजस्ती करणी गरेको अभियोगमा दोषी ठहर गर्दै १२ कैद र ५० हजार नगद जरिवाना हुने फैसला गरेको छ ।
अदालतको इजलाश नं. २ का न्यायधिश स्विकृती पराजुलीको इजलाशले नेपालीलाई सो सजाय हुने फैसला सुनाएको हो । प्रहरीले नेपालीले एक १५ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगसहित गत मंसिर २८ गते मुद्दा दायर गरेको थियो ।
प्रहरीले सिन्धुलीको एक विद्यालयमा अध्ययरत बालिकालाई विवाह गर्छु भनि प्रलोभनमा पारी ललाई–फकाई भक्तपुर स्थित आफ्नो डेराकोठामा ल्याई डर, धाक धम्की समेत दिई नेपालीले पटक–पटक जबरजस्ती करणी गरेको दावी गरेको थियो ।
प्रहरीका अनुसार पिडित नाबालिका परिसर भक्तपुरको पहलमा हाल माइती नेपाल भिमसेनगोला गौशालाको संरक्षणमा रहेकी छन् ।
तस्विर स्रोत ः महानगरिय प्रहरी परिसर, भक्तपुर