निसासियर ३ महिने शिशुको मृत्यु

भक्तपुर, माघ ९
सूर्यविनायक नगरपालिका–४, दधिकोट गाम्चामा निसासियर ३ महिने शिशुको मृत्यु भएको छ । स्थानीय जस्ताले छाएको घरमा डेरा गरी बस्ने रामेछाप मन्थलीका ३० वर्षिय अभिषेक रम्तेलका ३ महिने छोराको निसासियर आइतवार मृत्यु भएको हो ।
रम्तेल, उनकी पत्नी २८ वर्षिया पसुना तामाङ र उनीहरुका ३ महिने छोरा शनिवार राती खाना खाई आगो तापी सुतेकोमा तीनै जना अचेत अवस्थामा आइतवार फेला परेको थियो । बिहान अबेरसम्म रम्तेल दम्पत्ती नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।
स्थानीय र प्रहरीले झ्यालबाट हेर्दा अचेत अवस्थामादेखि तत्काल उद्धार गरी उपचारको लागि मध्यपुर अस्पताल लगिएको उपचारकै क्रममा शिशुको मृत्यु भएको प्रनाउ पाण्डेले जानकारी दिनुभयो । घटनामा अचेत भएका रम्तेल दम्पत्तीको मध्यपुर अस्पतालमा उपचार भईरहेको प्रनाउ पाण्डेले बताउनुभयो । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।