दिनेश कार्कीको अध्यक्षतामा समाजवादी प्रेस संगठन नेपालको भक्तपुर समिति गठन

भक्तपुर, माघ ५
नेकपा (एकिकृत समाजवादी) निकट भक्तपुरका पत्रकारहरुको बुधवार सम्पन्न भेलाले दिनेश कार्कीको अध्यक्षतामा समाजवादी प्रेस संगठन नेपालको जिल्ला कार्यसमिति गठन गरेको छ ।
समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य एबम उपत्यका संयोजक सबिन शर्माको अध्यक्षतामा सम्पन्न भेलाले समितिको उपाध्यक्षमा विजय चालिसे, महिला उपाध्यक्षमा नजिना भण्डारी, सचिवमा सुवास चौलागाईं, सहसचिवमा गणेश महर्जन र ज्ञानेन्द्र खाइजु तथा कोषाध्यक्षमा रचना बयलकोटी चयन गरेको छ ।
यस्तै, सदस्यहरुमा मनोज कुमार फुयाल, मिकेश रानाभाट, श्रीकर पोखरेल, ज्योती बिक, रीता भट्टराई, जीवन तिमल्सिना, अनुषा थापा, रामहरी चौलागाईं लगायतका रहेका छन् ।
भेलामा संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणी सुबेदीले समितिको घोषणा गर्नुभएको थियो । भेलाले अग्रज एवं ज्येष्ठ पत्रकार प्रवीण जोशी, कृष्ण प्रधानलाई संगठनको सल्लाहकारमा चयन गरेको छ ।


भेलामा प्रेस चौतारी नेपाल बागमति प्रदेश कमिटीका सदस्य विजय चालिसे प्रेस चौतारी परित्याग गरी समाजवादी प्रेस संगठन नेपालमा आवद्ध भएका थिए । उहाँलाई नेकपा एकिकृत समाजवादीका भक्तपुर अध्यक्ष श्याम बस्नेतले संगठनमा स्वागत गर्नुभएको हो ।
सो अवसरमा नेकपा एकिकृत समाजवादी भक्तपुरका जिल्ला अध्यक्ष श्याम बस्नेतले पत्रकारहरु कुनै नेताको पछि नलागी स्वतन्त्र ढंगले सत्यतथ्य समाचार संकलन र सम्प्रेषणमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले समाजवादी प्रेस संगठनले पार्टी र जनताबीच पुलको काम गर्दै पार्टीको विचार र सिद्धान्तलाई जनता समक्ष पुर्याउने दायित्व र कर्तव्य निर्वाह गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष सुवेदी, उपाध्यक्ष शन्तराम विडारी, महासचिव भूपराज खड्का, सचिव गोबिन्द चौलागाईं, अग्रज पत्रकार प्रवीण जोशी लगायतले संगठनका विविध पक्षका बारेमा चर्चा गर्नुभएको थियो ।