भक्तपुर लिगको फाइनल आज, उपाधीका लागि लोकन्थली र भक्तपुर युनाईटेड भिड्दै

भक्तपुर, माघ ४
भक्तपुर जिल्ला लिग फुटबलको फाइनल आज (मंगलवार) हुँदैंछ । फाइनलमा उपाधीका लागि लोकन्थली एफसी र भक्तपुर युनाईटेड एफसी प्रतिष्पर्धा गर्दैछन ।
लोकन्थलीले आइतवार सम्पन्न पहिलो सेमिफाइनलमा विश्व विनायक एफसीलाई २–० र दोस्रो सेमिफाइनलमा भक्तपुर युनाईटेडले थिमि युथ क्लवलाई टाईब्रेकरमा १२–११ को गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन ।
भक्तपुर जिल्ला फुटबल संघको आयोजनामा सानोथिमिस्थित मध्यपुर युथ एशोसियसनको मैदानमा जारी प्रतियोगिताको फाइनल खेल आज दिउँसो १२ बजे हुने संघका अध्यक्ष किशोर हेकाले जानकारी दिए ।