मदरल्याण्ड विद्यार्थीलाई कोभिड–१९ विरुद्ध मोर्डना खोप

भक्तपुर, पुस २६
भक्तपुरको मदरल्याण्ड स्कुलमा अध्ययनरत १२ वर्ष देखि १७ वर्षका २४६ जना विद्यार्थीहरुले सोमवार कोभिड–१९ विरुद्धको मोर्डना खोप लगाएका छन । उनीहरुलाई विद्यालयमा नै खोप केन्द्र राखी मोर्डना खोप दिईएको हो ।
सूर्यविनायक नगरपालिका ९ नंखेलस्थित नंखेल स्वास्थ्य चौकीको समन्वयमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत १०२ जना छात्रा र १४४ जना छात्रहरुलाई विद्यालयमा नै खोप दिईएको स्कुलका सञ्चालक एवम् प्रधानाध्यापक सञ्जय खड्काले बताउनुभयो । खोप स्वास्थ्य चौकी प्रमुख राजेन्द्र फैंजु नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले दिएको हो ।


खोपका लागि स्वास्थ्य चौकीलाई धन्यवाद दिँदैं एन प्याव्सन भक्तपुरका अध्यक्ष समेत रहनुभएका खड्काले देशभरका बालबालिकाहरुको लागि सरकारले सहजै खोपको सुनिश्चिता गर्नुपर्ने एवं कोभिडको कारण विद्यालय बन्द हुँदा बालबालिकाहरुको भविष्यमा नकारात्मक असर पर्नुका साथै देशको नै शिक्षाको स्तर खस्कने भएकाले यसतर्फ सरकार र सम्बन्धित सरोकारवालाहरुले ध्यान दिनुपर्ने बताउनुभयो ।