नेपालमा थप २४ जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि


भक्तपुर, पुस २३
नेपालमा थप २४ जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार एक विज्ञप्ती जारी गर्दै नेपालमा थप २४ जनामा कोरोना भाइरसको भेरियन्ट ओमिक्रोनको संक्रमण भएको पुष्टि गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राका अनुसार २५० वटा नमुनामा परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले ओमिक्रोन भेरियन्टले गर्दा हुन सक्ने बिरामीहरुको चापलाई मध्यनजर गर्दै सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक अक्सिजन लगायत अन्य सामग्रीहरुको यथेष्ट जोहो गर्न र स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिएको छ ।