फेसबुक ह्याक गरी ठगी गर्ने पक्राउ

भक्तपुर, पुस २०
सामाजिक सञ्जाल फेसबुक ह्याक गरी रकम ठगी गरेको अभियोगमा महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले मध्यपुर थिमि ३ गठ्ठाघरबाट एक जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले मोरङ पथरी शनिश्चरे नगरपालिका–१० मंगलबारे घर भई हाल गठ्ठाघर बस्ने १८ वर्षिय किरण पाठकलाई सोमवार पक्राउ गरेको हो ।
पाठकले सर्वसाधारण लगायत उच्चपदस्थ ब्यक्तिहरुको समेत फेसबुक आईडी ह्याक गरी ती आईडीको दुरुपयोग गरी विभिन्न बहानामा फेसबुकका साथीहरुसँग अनलाइन रकम माग गरी ठगी गरेको पाईएको महाशाखाका सूचना अधिकारी प्रहरी उपरिक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।
पाठकलाई थप अनुसन्धान तथा कारवाहीका लागि लागि महानगरीय प्रहरी परीसर टेकु काठमाण्डौ पठाईएको एसपी कोइरालाले जानकारी दिनुभयो ।