नेपाल मिडिया अवार्डको मनोनयन सार्वजनिक

काठमाण्डौं, पुस २०
ड्रिम हाई नेपालले यही पुस २४ गते काठमाण्डौँको सोल्टी होटलमा आयोजना गर्ने एलआईसी नेपाल मिडिया अवार्ड २०७८ को मनोनयन सार्वजनिक गरेको छ । कुल २० विधामा प्रदान गरिने अवार्डमा १९ विधामा उत्कृष्ट ५ को मनोनयन सार्वजनिक भएको अवार्डको आयोजक संस्था ड्रिम हाई नेपालका निर्देशक कमल जिसीले जानकारी दिएका छन् ।
नेपालको मिडिया उद्योग र सञ्चार क्षेत्रको योगदानको कदर तथा सम्मान गर्न अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको जिसीले बताउनुभयो । नेपाल मिडिया अवार्ड २०७८ मा सञ्चार क्षेत्रमा आफ्नो जीवन अर्पेका व्यक्तित्वलाई लाइफटाईम एचिभमेन्ट अवार्ड (दीर्घ साधना सम्मान) बाट सम्मान गरिने जिसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो पटक आयोजना हुन लागेको मिडिया अवार्डमा वरिष्ठ टेलिभिजनकर्मी नीर शाह तथा वरिष्ठ पत्रकारहरू भैरव रिसाल र किशोर नेपाललाई दीर्घ साधना सम्मान प्रदान गरिनेछ । टेलिभिजन, छापा, एफएम रेडियो र अनलाइन सञ्चार माध्यमहरूमा कार्यरत सञ्चारकर्मीहरूको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको आयोजक संस्थाले जनाएको छ । मनोनयनमा परेका विधा र उत्कृष्ट ५ को नामावली यसप्रकार रहेको छ–