भक्तपुरमा प्रदेश यूवा परिषद बागमतिको तीनदिने सचेतना कार्यक्रम शुरु

भक्तपुर, पुस १५
भक्तपुरमा बिहिवारदेखी तीन दिने चेलीबेटी बेचविखन, महिला हिंसा र जातिय तथा लैंगिक विभेद विरुद्ध तीन दिने सचेतना कार्यक्रम शुभारम्भ गरिएको छ । प्रदेश यूवा परिषद, बागमती प्रदेशको आयोजनामा साफू भक्तपुरको सहयोगमा सो तीन दिने कार्यक्रम शुरु भएको हो । कार्यक्रम पुस १७ गतेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका संयोजक नवराज गेलालले चेलीबेटी तथा मानव बेचविखन जघन्य अपराध भएकोले यस्तो घृणित कार्य रोक्न सबै निकायले पहल गर्नुपर्ने बताउनुभयो । थाहा नभैकन जताततै महिला हिंसा हुने गरेकोमा दुःखेसो पोख्दै लैगिक तथा जातिय विभेद पनि कानूनमा नै वर्जित गरिएको बताउनुभयो ।
कार्यक्रममा युवा परिषद, बागमती प्रदेशका सदस्य तथा कार्यक्रम संयोजक प्रिती श्रेष्ठले परिषदले निकट भविष्यमा युवा लक्षित गरि साइवर क्राइम सम्बन्धी बृहद सचेतना कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो ।
तीन दिने सचेतना कार्यक्रमको सहजीकरण सहजकर्ता लक्ष्मी बखाद्यःले गरिरहनुभएको छ । कार्यक्रममा लैंगिक विभेद विरुद्ध सक्रिय महिलाहरुको सहभागिता रहेको छ ।