नेपाल गर्भवती महिला तथा नवजात शिशु समाजमा प्रा. डा. आस्मा

ललितपुर, पुस १५
नेपाल गर्भवती महिला तथा नवजात शिशु समाज (पेसोन)को अध्यक्षमा प्रा. डा. आस्मा राणा चयन हुनुभएको छ । पेसोनको साधारणसभाले प्रा. डा. राणाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा प्रा.डा. सुनिलराजा मानन्धर, उपाध्यक्षमा डा.शुशिला श्रेष्ठ, महासचिब डा.बिना बस्न्यात, कोषाध्यक्ष सुश्री मिना शर्मा, सह–सचिवमा प्रा.डा.दिपेश्वरा नेपाल, सह–कोषाध्यक्षमा डा.शैलेन्द्रबीर कर्माचार्य चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा प्रा.डा. कल्पना उपाध्याय सुवेदी, डा.उषा खांड श्रेष्ठ, सुश्री सूर्य कमल शाही, डा.टेकेन्द्र कार्की र ज्योति श्रेष्ठ रहनु भएको छ । विधान अनुसार निबर्तमान अध्यक्ष डा.बिनोदलाल बज्राचार्य पनि सदस्य चयन हुनुभएको छ ।
पेसोन गर्भवती महिला तथा नवजात शिशु र बाल स्वास्थ्य सम्बन्धी समस्याहरु समाधान गरी मातृ तथा शिशु मृत्युदर घटाउने उद्देश्य लिई स्थापना भएको बरिष्ठ बालरोग विशेषज्ञ, बरिष्ठ स्त्रीरोग बिशेषज्ञ लगायत चिकित्सक नर्सहरु संलग्न रहेको संस्था हो ।