सानोथिमिमा बृद्धा मृत अवस्थामा फेला

भक्तपुर, पुस १५
मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिस्थित नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा रहेको जग्गाको कम्पाउण्डभित्र एक वृद्धा मृत अवस्थामा फेला परेको छ । प्रहरीका अनुसार मृतक मकवानपुरको हेटौंडा घर भई हाल काठमाण्डौं जडिबुटी बस्ने अन्दाजी ८० वर्षिया बृद्धा उखुमाया गोले हुन ।
स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरेको हो । शवलाई पोष्टमार्तमका लागि लैजान बोलाएको शव बहानका चालकले शवको पहिचान गरेको प्रहरीले जनाएको छ । पोष्टमार्तमाका लागि शब केएमसी अस्पताल दुवाकोट पठाईएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।