७४ वर्षिय बृद्धको लडेर मृत्यु

भक्तपुर, पुस ८
आफ्नै घर अगाडिको पानी बग्ने नालीमा लडेर भक्तपुरको चाँगुनारायण नगरपालिका–४, चाँगु हल्छापका ७४ वर्षिय बृद्धको मृत्यु भएको छ । नालीमा खसेर घाईते अवस्थामा फेला परेका ७४ वर्षिय कान्छा श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो ।
लडेर नालीमा खसेका श्रेष्ठलाई आफन्तले उद्धार गरी शंकरापुर अस्पताल काठमाण्डौं जोरपाटी लगेकोमा उपचारका क्रममा मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।