रेडक्रस भक्तपुरमा पुनः थापा

भक्तपुर, पुस ८
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको सभापतिमा पुनः मनोजकुमार थापा निर्वाचित हुनुभएको छ । रेडक्रस भक्तपुरको १६ औं जिल्ला अधिवेशनले पुनः थापालाई निर्विरोध निर्वाचित गरेको हो ।
त्यस्तै महिला उपसभापतिमा कृष्णेश्वरी हाडा, मन्त्रीमा परशुराम पाण्डे, उपमन्त्रीमा नारायणसुन्दर किलम्बू, महिला सदस्यहरुमा लक्ष्मी अवाल, निर्मला खड्का र सुभद्रा काफ्ले निर्विरोध निर्वाचित भएका छन ।
अधिवेशनमा उपसभापतिसहित केही पदाधिकारी र सदस्यहरुमा निर्वाचन भएको थियो । निर्वाचनबाट उपसभापतिमा राकेश थापा, कोषाध्यक्षमा प्रदिप केसी र उप कोषाध्यक्षमा सूर्यबहादुर खाईतु निर्वाचित हुनुभयो ।
त्यस्तै सदस्यहरुमा लबकुमार कार्की, तुईलाल श्रेष्ठ, जनकप्रसाद न्यौपाने, सोमप्रसाद प्रधान, यज्ञ बिक्रम थापा र किरण पौड्याल निर्वाचित हुनुभयो ।