कांग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी

भक्तपुर, पुस १
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी हुनुभएको छ । निर्वाचन समितिका अनुसार खड्काले २१२१ र गुरुङले १९०८ मत प्राप्त गरेर उपसभापतिमा निर्वाचित हुनुभएको हो ।
कांग्रेसको इतिहासमा खड्का र गुरुङ पहिलो निर्वाचित उपसभापति बन्न सफल हुनुभएको छ । यसअघि उपसभापति सभापतिले मनोनयन गर्ने प्रावधान थियो । कांग्रेसले यसपटकदेखी कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्वाचित हुने व्यवस्था गरेपछि पहिलो पटक निर्वाचनमार्फत उपसभापति चयन गरेको हो ।
निर्वाचित उपसभापति खड्का सभापतिमा निर्वाचित शेरबहादुर देउवा पक्षीय र गुरुङ सभापतिका प्रत्यासी डा. शेखर कोइराला पक्षीय हुन ।
उपसभापतिका सात प्रतिष्पर्धी मध्ये देउवा खेमा विजयकुमार गच्छदारले १९०६ मत प्राप्त गर्नुभयो । त्यस्तै डा. चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।