उपसभापतिको मतगणना अपडेट – ३५५८ मा खड्काको अग्रता, गुरुङभन्दा गच्छदार ६ मतले अघि

भक्तपुर, मंसिर २९

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी नेपाली कांग्रेस उपसभापतिका उमेदवारको मत गणनामा पूर्णबहादुर खड्काले अग्रता कायम राखेका छन् ।
अहिलेसम्म गणना भएको ३५५८ मतमध्ये खड्काले १६३४ मत प्राप्त गरेका छन् भने दोस्रोमा विजयकुमार गच्छदारले १४४३ मत प्राप्त गरेका छन् भने तेस्रोमा धनराज गुरुङले १४३७ मत ल्याएका छन् ।
डा. चन्द्र भण्डारीले १२५७ मत ल्याएका छन् । महेश आचार्यले ४१३, सुजाता कोइराला ४३८ र दिव्यश्वरी शाहले ११७ मत प्राप्त गरेको छ ।