कांग्रेस उपसभापति मतगणना – गुरुङ र भण्डारीको अग्रता कायमै

भक्तपुर, मंसिर २९
नेपाली कांग्रेसको उपसभापतिको मतगणनामा धनराज गुरुङ र डा. चन्द्र भण्डारीको अग्रता कायम रहेको छ । केन्द्रीय कार्यालय सानेपामा जारी उपसभापतिको मतगणनामा ३४०० मत गणना भएको छ । जसमा गुरुङले १५६५, डा. भण्डारीले १२९८ मतका साथ पहिलो र दोस्रो स्थानमा रहेका छन ।
त्यसैगरी पुर्ण बहादुर खड्का १०९२ मतका साथ तेस्रो, विजयकुमार गच्छदार ८७६ मतका चौंथो र महेश आचार्य ३६३ मतका साथ पाँचौं स्थानमा रहनुभएको छ ।