धनराज अग्रता बढाउँदैं, भण्डारी, खड्का र गच्छदार पछ्याउँदैं

भक्तपुर, मंसिर २९
नेपाली कांग्रेसको उपसभापतिका लागि सम्पन्न निर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म २३०० मत गणना भएको छ । जसमा ९६० धनराज गुरुङ्गले अग्रता कायम राखेको छ ।
उहाँलाई डा चन्द्र भण्डारी ८७०, पुर्ण बहादुर खड्का ८४० र विजयकुमार गच्छदार ६६० ले पछ्याईरहनु भएको छ ।
विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काले शेरबहादुर देउवा प्यानलबाट र डा. चन्द्र भण्डारी र धनराज गुरुङले डा. शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिनुभएको हो ।