नेपाली कांग्रेस मतगणना, १७०० मत गनियो : खड्काभन्दा भण्डारी अगाडि, धनराजको अग्रता कायमै

भक्तपुर, मंसिर २९
कांग्रेस उपसभापतिको मतगणना जारी छ। हालसम्म १७ सय मत गनिएको छ।

पछिल्लो अवस्थामा चन्द्र भण्डारीले पूर्णबहादुर खड्कालाई पछि पारेका छन् भने धनराज गुरुङले अग्रता कायम राखेका छन्।

धनराज गुरुङ्गले ७४५ मत ल्याएका छन् भने डा चन्द्र भण्डारीले ६७२ मत ल्याएका छन्। पुर्ण बहादुर खड्काले ५८० मत प्राप्त गरेका छन् भने विजयकुमार गच्छदारले ४७० मत ल्याएका छन्।