कांग्रेस उपसभापतिमा गुरुङको अग्रता, खड्का दोस्रो स्थानमा

भक्तपुर, मंसिर २९

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता कायम राखेका छन् ।

अहिलेसम्म परिणाम १३ सय मत गणना भएको छ। सबैभन्दा बढी धनराज गुरुङले मत ल्याएका छन्। गुरुङले ५४३ मत ल्याएका छन्। अर्का उम्मेदवार पूर्णबहादुर खड्काले गुरुङलाई पछ्याइरहेका छन्। उनले ५०१  मत ल्याएका छन्।

यता, चन्द्र भण्डारी र विजयकुमार गच्छदारको पनि प्रतिस्पर्धा चलिरहेको छ। भण्डारीले ४७२ र गच्छदारले ४५४ मत ल्याएका छन्। गुरूङ र भण्डारी सभापतिमा पराजित शेखर कोइराला समूहका हुन्। खड्का र गच्छदार सभापति निर्वाचित शेरबहादुर देउवा समूहका उम्मेदवार हुन्।

 उपसभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका महेश आचार्य, प्रकाशमान सिंह पक्षबाट उम्मेदवारी दिएकी सुजाता कोइराला र विमलेन्द्र निधि पक्षबाट उम्मेदार बनेकी दिव्यश्वरी शाह प्रतिस्पर्धामा धेरै पछाडि छन्। अहिलेसम्म कोइरालाको १३८, आचार्यको १२३ र शाहको ३५ मत आएको छ।