कांग्रेस उपसभापतिमा धनराजको अग्रता, १२०० मत गन्दा ५०२ पाए

भक्तपुर, मंसिर २९
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको उपसभापति पदको मतगणना भइरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा करिव १ हजार २ सय मतगणना भएको छ ।
पछिल्लो नतिजा अनुसार धनराज गुरुङ ५०२ मतका साथ अग्र स्थानमा रहनुभएको छ भने पूर्णबहादुर खड्काले ४९०, विजयकुमार गच्छदारले ४८५, चन्द्र भण्डारीले ३५१, सुजाता कोइरालाले ३६, महेश आचार्यले २५ र दिव्यश्वरी शाहले ६ मत प्राप्त गर्नुभएको छ ।
कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुनेछ । त्यसका लागि ७ जना प्रतिष्पर्धामा छन । विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काले शेरबहादुर देउवा प्यानलबाट उम्मेदवारी दिनुभएको हो । यसैगरी डा. चन्द्र भण्डारी र धनराज गुरुङले डा. शेखर कोइराला प्यानलबाट, सुजाता कोइरालाले प्रकाशमान सिंह प्यानलबाट प्रतिस्पर्धा गर्नुभएको हो भने महेश आचार्यले स्वतन्त्र र शाहले विमलेन्द्र निधिको प्यानलबाट उम्मेदवारी दिनुभएको हो ।