कांग्रेस मतगणना अपडेट – देउवाले बढाए मतान्तर

भक्तपुर, मंसिर २८
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ । हालसम्म ३ हजार ७७ मत गणना भएको छ, जसमा देउवाले १४६५ मत पाएका छन् ।
अर्का उम्मेदवार शेखर कोइरालाले ११३१, प्रकाशमान सिंहले २५० र विमलेन्द्र निधिले १७३ मत पाउँदा कल्याण गुरुङले १२ मत पाउनुभएको छ ।