मध्यपुर सञ्चार समाजको अध्यक्षमा पुनः बाबुकाजी

भक्तपुर, मंसिर २५
मध्यपुर सञ्चार समाजको अध्यक्षमा पुनः बाबुकाजी साँछें श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । समाजको शनिवार सम्पन्न दशौं साधारणसभा एवम् चौंथो अधिवेशनले आगामी दुई वर्षको लागि पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा सागर गुरागाईं, सचिवमा सुमन श्रेष्ठ, कोषाध्यक्षमा चन्द्रकृष्ण श्रेष्ठ गोपाल र सहसचिवमा विश्वेश्वर श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिका संयोजक अधिवक्ता तुईलाल श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी सदस्यहरुमा ईश्वरलाल श्रेष्ठ, ज्ञानदेव श्रेष्ठ, सरिना श्रेष्ठ, कृष्णकाजी (के के) मानन्धर र सुरेश ख्वाकः श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । एक जना कार्यसमिति सदस्यमा पुर्व अध्यक्ष पदेन सदस्य हुने व्यवस्था बमोजिम पुर्व अध्यक्ष हरिबहादुर श्रेष्ठ रहने छ ।