कांग्रेस केन्द्रीय सदस्यमा लामाको उम्मेदवारी घोषणा

काठमाण्डौं, मंसिर २५,
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा काभ्रेका युवा नेता गणेश लामाले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । लामा तत्कालिन लोकतान्त्रिक फोरमको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । लोकतान्त्रिक फोरम नेपाली कांग्रेसमा समाहित भएपछि लामा महासमिति सदस्य बन्नुभएको थियो ।
काभ्रेमा युवाहरु माझ लोकप्रिय लामा कांग्रेसको तर्फबाट प्रदेश सभा निर्वाचनमा काभ्रे क्षेत्र न. १ (ख) बाट उम्मेदवार दिनुभएको थियो ।
पार्टीको युवाहरुको भूमिकालाई सशक्त बनाउन र राष्ट्रियता बलियो बनाउन आफुले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेको लामाले बताउनुभयो ।