नेपाली कांग्रेस बागमति प्रदेश सभापतिमा बाँनिया निर्वाचित

भक्तपुर, मंसिर १९
नेपाली कांग्रेस बागमति प्रदेशको सभापतिमा सभापति शेरबहादुर देउवा पक्षीय ईन्द्र बाँनिया निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस बागमति प्रदेशको प्रथम अधिवेशन अन्तर्गत आइतवार सम्पन्न दोस्रो चरणको मतदानमा बाँनियाले प्रतिष्पर्धी जगदीश नरसिंह के सीलाई १५८ मतले पछि पार्दै सभापतिमा विजय हासिल गरेको हो ।
बाँनियाले १०८५ मत प्राप्त गर्नुभयो भने प्रतिष्पर्धी के सीले ९२७ मत प्राप्त गर्नुभयो । पहिलो चरणको निर्वाचनमा बाँनियाले ९ सय ९२ मत ल्याउनुभएको थियो भने दोस्रो हुने केसीले ८ सय ७२ मत र तेस्रो हुने भीमसेन दास प्रधानले १ सय ९७ मत पाउनुभएको थियो ।
दोस्रो चरणको मतदानमा प्रधानले बाँनियालाई सहयोग गर्ने सहमति भएको थियो ।