दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित ३ जना पक्राउ

भक्तपुर, मंसिर १५
दुर्लभ वन्यजन्तु चितुवाको छालासहित महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले मंगलवार तीन जनालाई काठमाण्डौं महानगरपालिका–९, एअरपोर्ट क्षेत्रबाट पक्राउ गरेको छ ।
दुर्लभ वन्यजन्तु चितुवाको छाला अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याई राखेको छ भन्ने विशेष सूचनाको आधारमा महाशाखाको टोलीले एअरपोर्ट नजिकको एअरपोर्ट सेकुवा कर्नरबाट अन्दाजी २ फिट २ ईन्च लम्बाई र ७ ईन्च चौडाई भएको चितुवाको प्रतिबन्धित छाला सहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा नुवाकोट शिवपुरी गाउँपालिका २ घर भई हाल काठमाण्डौं गोकर्णेश्वर नगरपालिका ३ बस्ने २८ वर्षिय विशाल तामाङ, ३२ वर्षिय विनोद तामाङ र चितवन राप्ती नगरपालिका १ घर भई गोकर्णेश्वर ३ बस्ने ४२ वर्षिय कामीसिंह स्याङतान रहेको महाशाखाका सूचना अधिकृत प्रहरी उपरिक्षक (एसपी) कृष्णप्रसाद पंगेनीले जानकारी दिनुभयो ।
पक्राउ परेका तीनै जनालाई बरामदी सामग्रीसहित थप कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाण्डौं पठाएको एसपी पंगेनीले बताउनुभयो ।