भक्तपुर कांग्रेसको सभापतिमा दुई हस्तीको उम्मेदवारी (हेर्नुहोस क कसले उम्मेदवारी दिए )

भक्तपुर, मंसिर १२
नेपाली कांग्रेस भक्तपुरको सभापतिमा लागि जिल्लाका दुई कांग्रेसी हस्तीले उम्मेदवारी दर्ता गरेका छन । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भक्तपुर जिल्ला अधिवेशनमा सभापतिको लागि वर्तमान सभापति दुर्लभ थापा र अष्टकुमार कवेले उम्मेदवारी दर्ता गराएका छन ।
थापा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षीय संस्थापन पक्षका हुन भने कवे संस्थापन इत्तर पक्षका नेता एवम् कांग्रेस नेता प्रकाशमान सिंह निकटका हुन । थापा र कवेबीच १३ औं महाधिवेशनमा पनि जिल्ला सभापतिमा लागि प्रतिष्पर्धा भएको थियो । सो बेला पहिलो चरणमा कवे पहिलो र थापा दोस्रो भएका थिए । कांग्रेसको विधान अनुसार पहिलो चरणमा सभापतिका उम्मेदवारहरु थापा, कवे, गणेशमान चक्रधर र राजाराम खड्का कसैले पनि ५१ प्रतिशत मत पुर्याउन नसकेपछि दोस्रो चरणमा कवे र थापाबीच पुनः प्रतिष्पर्धा भएको थियो । दोस्रो चरणको निर्वाचनमा थापाले खड्का र चक्रधरको सहयोगमा कवेलाई पछि पार्दै जिल्ला सभापति बनेका थिए ।
यसपटक थापालाई बागमति प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल, वरिष्ठ पत्रकार कविर राणा, माथवरसिंह बस्नेत, मदनकृष्ण श्रेष्ठ, हरिप्रसाद नेपाललगायतका नेताहरुको समर्थन रहेको छ भने कवेलाई पुर्व जिल्ला सभापतिहरु महेश श्रेष्ठ, गणेशमान चक्रधर, उद्धव सिलवाल, तरुण दलका पुर्व केन्द्रीय अध्यक्ष विनोद प्रकाश कायष्थलगायतका नेताहरुको साथ रहेको छ ।
क्षेत्रीय अधिवेशनसम्म संस्थापन इत्तरपक्षमा रहेका वरिष्ठ अधिवक्ता बाबुराजा जोशीको समूहले पनि जिल्ला अधिवेशनमा संस्थापन पक्षलाई सघाउने भएको छ । जोशी समूहले उपसभापति र एक जिल्ला सदस्य भाग लिएर क्याम्प परिवर्तन गरी संस्थापन पक्षलाई सघाउन तयार भएको हो ।
संस्थापन पक्षले सभापतिमा थापासहित उपसभापतिमा विजेश अवाल र उर्मिला वन, सचिवमा सुशिल बस्नेत र राजेश खड्का एवम् सहसचिवमा यादवप्रसाद अधिकारी र कृष्णमुरारी न्यौपानेले उम्मेदवारी दिएका छन ।
त्यसै थापा समूहबाट जिल्ला सदस्य मध्यपुर थिमि नगरपालिकाबाट रमिला कपाली, देवेन्द्र श्रेष्ठ र राजेश मानन्धर, सूर्यविनायक नगरपालिकाबाट ललिता धिताल, जिवन श्रेष्ठ, दिपेन्द्रकुमार थापा मगर, भक्तपुर नगरपालिकाबाट रजनी किसिजु, धर्मरत्न खाईतु र रामबहादुर कासुला, चाँगुनारायण नगरपालिकाबाट कल्पना लामिछाने, प्रेम खत्री र विश्वराम दाहाल, समानुपातिका आदीवासी जनजातीबाट रोशनी तामाङ, दिललक्ष्मी कायष्थ, रामेश्वर ध्वजुँ, धनबहादुर थिङ र रामप्रसाद धौवञ्जार, समानुपातिक खसआर्यबाट सिर्जना केसी, देवेन्द्र न्यौपाने, अच्युत अधिकारी, दलित खुल्लाबाट मनिता नेपाली, अपाङ्गबाट शशि बस्नेत र मधेशीबाट राम दिनेशलाल कर्णले उम्मेदवारी दिएका छन ।
त्यसैगरी संस्थापन इत्तर पक्षबाट सभापतिमा कवेसहित उपसभापतिमा गोकुलराज खत्री र रामगोपाल न्यौपाने, सचिवमा कविन्द्र मिश्र र पूर्णकाजी श्रेष्ठ एवम् सहसचिवमा अनिल भुजु र विष्णुमान साँय्को उम्मेदवारी परेको छ ।
कवे समूहबाट मध्यपुर थिमि नगरपालिकाबाट प्रविना प्रजापति, सानुकाजी राजबहाक, सरोजकुमार तुँछे श्रेष्ठ, भक्तपुर नगरपालिकाबाट विजयलक्ष्मी सुवाल, सुनिल चित्रकार, सुन्दर भेले, चाँगुनारायण नगरपालिकाबाट जानकी न्यौपाने, राधेश्याम कार्की, उमेशकुमार खड्का, समानुपातिक आदीवासी जनजातीबाट सुजाता बाडे बैद्य, उर्मिला थापामगर, राजेशकुमार स्वांगामिखा, अष्टबहादुर डंगोल, तेजकुमार डंगोल, अपाङ्गबाट गणेशहरी कुटु, मधेशीबाट नागेन्द्रकुमार यादव, खसआर्य समानुपातिकबाट संगीता थापा, हरिबहादुर खड्का, श्रीहरी कार्की, दलित खुल्लाबाट श्रीकृष्ण विश्वकर्माले उम्मेदवारी दिएका छन ।
त्यसैगरी जिल्ला सचिवमा प्रकाश ढकालले स्वतन्त्ररुपमा एकल उम्मेदवारी दिएका छन । प्यानल विना स्वतन्त्ररुपमा उम्मेदवारी दिने ढकाल एक्ला उम्मेदवार हुन ।
महासमिति सदस्यमा भक्तपुर क्षेत्र नं. १ मा सबै निर्विरोध निर्वाचित भएका छन । महासमिति सदस्यमा प्रत्यक्ष खुल्लामा बाबुराजा जोशी, कृष्णलाल भँडेल, जगन्नाथ कार्की, राजाराम खड्का र पुष्कर खत्री, आदीवासी जनजाती खुल्लामा सुरेश श्रेष्ठ र रजनी जोन्छें, महिलामा राधा कार्की (सरु बाँनिया) सुभद्रा काफ्ले, आदीवासी जनजाती महिलामा गंगालक्ष्मी अवाल, खसआर्य खुल्लामा हरिप्रसाद नेपाल निर्विरोध निर्वाचित भए ।
त्यसैगरी क्षेत्र नं. २ मा आदीवासी जनजाती महिला महासमिति सदस्यमा कल्पना कर्माचार्य, खसआर्य महिलामा संगिता थापा निर्विरोध निर्वाचित भएका छन । क्षेत्र नं. २ को महासमिति सदस्य खुल्लामा थापा समूहबाट मदनकृष्ण श्रेष्ठ, नारायणभक्त खायमली, विष्णुराज कार्की, मुरारीप्रसाद आचार्य र पूर्ण नेपाली विशुंके, कवेसमूहबाट गणेशमान चक्रधर, उद्धव सिलवाल, सन्तोष भट्टराई, राजनकाजी त्वाती, अच्युतप्रसाद मिश्रले उम्मेदवारी दिएका छन ।
महासमिति सदस्य महिला खुल्लामा थापा समूहबाट रमा कोइराला पौडेल, कवे समूहबाट अञ्जनादेवी मधिकर्मी, प्रमिला सुवेदी आचार्य, आदीवासी जनजाती खुल्लामा थापा समूहबाट दिलकृष्ण प्रजापति र कवेसमूहबाट ज्ञानदास प्रजापति, खसआर्य खुल्लाबाट थापा समूहबाट उमेश खड्का र कवेसमूहबाट लछुराम न्यौपानेले उम्मेदवारी दिएका छन ।