भक्तपुर सांगीतिक समाजको पाँचौ स्थापना दिवसमा रक्तदान

भक्तपुर, मंसिर ११
भक्तपुर सांगीतिक समाजको पाँचौ स्थापना दिवसको अवसरमा शनिवार सूर्यविनायक चोकमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन । वि. सं. २०७४ मंसिर १२ गते औपचारिक सुभारम्भ भएको भक्तपुर सांगीतिक समाजको भेलासमेतको उद्देश्य राखी सूर्यविनायक चोकमा रक्तदान आयोजना गरेको आयोजकले जनाएको छ ।
रागरागीनी इन्टरटेण्ट्मेन्ट प्रा. लि. को सह आयोजना तथा न्हेस त्वः अजिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेड सूर्यबिनायकको सह ब्यवस्थापनमा आयोजित रक्तदान कार्यक्रमलाई रोचक बनाउन विभिन्न कलाकारहरुले गीत संगीत समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गायकहरु राजेश मान के. सी, कपिल कसपाल, बिजेन्द्र चवाल, प्रबिन शाही, बिनोदराज ढुङेल, श्रीजल मधिकर्मीले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा हौसला बढाउन बरिष्ठ गीतकार शुभाषचन्द्र ढुङेल, गायक अजर जंगम, शाश्त्रीय गायक सुनिल लोहला, संगीतकार हेम लामा र सुमन रंजीतकार, साहित्यकार अनिश शाक्यलगायतको उपस्थिती रहेको थियो ।