इटाली र पोर्चुगल मध्ये एकले मात्र विश्वकप खेल्ने

भक्तपुर, मंसिर ११
फिफा विश्वकप २०२२ कतारमा युरोपियन च्याम्पियन इटाली र पोचुर्गल मध्ये एकको मात्र सहभागिता रहने भएको छ । युरोपेली छनोटको प्लेअफमा पोर्चुगल र इटाली एकै समूहमा परेपछि यी दुई फुटबलका महारथी मध्ये एकले मात्र विश्वकपको टिकट काट्ने पक्का भएको हो ।
युरोपियन फुटबल महासंघले शुक्रबार गरेको समूह ड्रमा पोर्चुगल र इटाली समूह सीमा परेका छन । यी दुवै टोलीले प्लेअफको पहिलो चरणमा जित निकाले फाइनल चरणमा एक अर्कामा प्रतिष्पर्धा गर्नेछ । इटालीले प्लेअफको पहिलो चरणमा उत्तर म्यासेडोनिया तथा पोर्चुगलले टर्कीको सामना गर्नेछ ।
प्लेअफको समूह ए मा स्कटल्याण्डले युक्रेनको सामना गर्दा वेल्स र अष्ट्रिया भिड्नेछन् । यी दुई खेलको विजेताले फाइनल खेल्नेछन् । उक्त खेलको विजेता विश्वकपमा पुग्नेछ ।
समूह बी मा रुसले पोल्यान्डको सामना गर्नेछ । त्यस्तै स्विडेनले चेक गणतन्त्रसँग खेल्नेछ । यी दुई खेलको विजेताबीच हुने खेल जित्ने टोली कतार विश्वकपमा लागि छनोट हुनेछ । प्लेअफको पहिलो खेल मार्च २४ र २५ तथा फाइनल मार्च २८ र २९ मा हुनेछ ।