रक्तचन्दनको तेलको अबैध कारोबार गर्ने १० जना पक्राउ

भक्तपुर, मंसिर १०
महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले बिहिवार रक्तचन्दनको तेलसहित काठमाण्डौं महानगरपालिका–८ स्थित तिलगंगा आँखा अस्पताल पछाडीबाट १० जनालाई पक्राउ गरेको छ । तिलगंगा आँखा अस्पताल पछाडी रक्तचन्दनको तेल प्रति लिटर ५ लाख रुपैंयाका दरले अबैध कारोबार भई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा महाशाखाको विषेश प्रहरी टोलीले रक्तचन्दनको ३३ लिटर तेलसहित १० जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सिन्धुली हरिहरपुर गाउँपालिका–४, घर भई हाल काठमाण्डौ बानियाटार बस्ने ५० वर्षिय हेम कुमार श्रेष्ठ, मकवानपुर गढी गाउँपालिका–१ घर भई हाल ललितपुर सानुगाँउ बस्ने नवीन भन्ने ३९ वर्षिय मंगल सिहं लो, काठमाण्डौ टोखा नगरपालिका–४ का ३७ वर्षिय ईक्रम श्रेष्ठ, काभ्रे बनेपा –४ घर भई हाल भक्तपुर दुवाकोट ३१ वर्षिय कार्साङ्ग लामा र खोटाङ हलेसी –६ घर भई हाल काठमाण्डौ महाराजगंज बस्ने २३ वर्षिय घनश्याम आले मगर छन ।


त्यसैगरी पक्राउ पर्नेहरुमा काठमाण्डौ महानगरपालिका –८ तिलगंगा बस्ने ५१ वर्षिय मदन पोडे, खोटाङ हलेसी –९ घर भई हाल काठमाण्डौ चावहिल बस्ने २० वर्षिय जीवन थापा, तनँहु भानु नगरपालिका –६ घर भई हाल काठमाण्डौ सामाखुसी बस्ने २५ वर्षिय सुदिप थडराई, काठमाण्डौ महानगरपालिका –१३ छाउनीका ५३ वर्षिय अनिल चरण श्रेष्ठ र छाउनी कै ५१ वर्षिय अनुप कुमार श्रेष्ठ रहेको महाशाखाका सूचना अधिकृत प्रहरी उपरिक्षक (एसपी) कृष्ण प्रसाद पंगेनीले बताउनुभयो ।
पक्राउ परेका दशै जनालाई र बरामद गरिएको रक्तचन्दनको तेलसहित थप अनुसन्धान र कारवाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार काठमाण्डौ पठाएको एसपी पंगेनीले बताउनुभयो ।