संघनायक र उपसंघनायक भन्तेहरूकाे समुपस्थितिमा बाैद्धसमकृत विहारमा कथिन दान उत्सव (फाेटाेफिचर सहित)

कथिन चीवर दान, बाैद्ध समकृत विहार, भक्तपुर

भक्तपुर, कार्तिक २८ गते, आइतवार

नेपालका आठाैं संघनायक भिक्षु बाेधिसेन महास्थविर एवं उपसंघनायक भिक्षु गुणघाेष महास्थविरकाे समुपस्थितिमा भक्तपुरस्थित बाैद्ध समकृत विहारमा आज आइतवारका दिन कथिन चीवर दान सम्पन्न भयाे । उक्त विहारका विहारप्रमुख भिक्षु धम्मशाेभन महास्थविर ३ महिना विनयपूर्वक वर्षावास बस्नुभएकाे उपलक्ष्यमा कथिनदाता संघरत्न शाक्य तथा सपरिवारले भिक्षु महासंघलाई कथिन चीवर दान गर्नुभएकाे थियाे ।

कथिन चीवर दानकाे आनिशंस फलबारे व्याख्या गर्दै भिक्षु धम्मशाेभन महास्थविरले कथिन चीवर दान गर्ने दातालाइ धनसम्पत्ति प्राप्त हुने, कुनै कारणले पनि प्राप्त धन नास नहुने, राेग, व्याधि, भय अन्तरायबाट टाढिने, जन्ममरणकाे चक्रवातबाट मुक्त भइ निर्वाणपथमा पुग्न सकिने दान मध्यकाे महादान कथिन चीवर दान भएकाे बताउनुभयाे ।

धर्मदेशनाकाे क्रममा उहाँले सधर्म उपदेश सुन्नुका साथै त्यसलाई आचरणमा पनि लागु गरियाे भने सुनमा सुगन्ध भने झैं हुने हुने बताउनुभयाे ।

धर्मदेशना पश्चात संघनायक भन्तेले कथिन चीवरकाे वचन दाेहर्याउन लगाउनु भैसकेपछि कथिन दाता संघरत्नले कथिन चीवर भिक्षु महासंघलाई दान गर्नुभयाे । त्यस्तै उहाँले अष्ट परिष्कारकाे वचन दाेहर्याउन लगाउनु भैसकेपछि उपासकउपासिकाहरूले अष्ट परिष्कार भिक्षुहरूलाई दान गरेका थिए ।

अाज सम्पन्न उक्त कार्यक्रमकाे शुरूवातमा संघनायक भन्तेले उपासकउपासिकाहरूलाइ पञ्चशील तथा अष्टशील प्रदान गर्नुभएकाे थियाे भने भिक्षु राहुल महास्थविरले बुद्धपुजा गराउनुभएकाे थियाे ।

उक्त कार्यक्रममा संघनायक भिक्षु बाेधिसेन महास्थविर, उपसंघनायक भिक्षु गुणघाेष महास्थविर तथा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष मैत्री महास्थविर एवं नेपालका वरिष्ठ भिक्षुहरू शीलभद्र महास्थविर भिक्षु सुमेध महास्थविर लगायत विभिन्न विहारबाट आउनुभएका भिक्षुहरू, अनागारिका गुरूमाहरू र सयाैं उपासकउपासिकहरूकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रमकाे अन्त उपस्थित उपासकउपासिकाहरूले भिक्षु, गुरूमाहरूलाई दान प्रदान गरेका थिए ।