सिद्धपोखरीमा डुबेर २७ वर्षिय युवकको मृत्यु

भक्तपुर, कार्तिक २७
भक्तपुरको प्रसिद्ध सिद्धपोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । भक्तपुर नगरपालिका १ दुधपाटीस्थित सिद्धपोखरीमा शनिवार साँझ चाँगुनारायण नगरपालिका ३ झौखेलका २७ वर्षिय युवक राजेश सुलुको डुबेर मृत्यु भएको हो ।
सिद्धपोखरीमा युवक डुबेको जानकारी पश्चात महानगरिय प्रहरी परिसर भक्तपुरका प्रहरी निरिक्षक श्याममणी पोख्रेलको नेतृत्वमा १० जनाको टोलीले युवकको खोजी गरेको थियो । साँझ करिव ४ः४५ बजे डुबेका युवकलाई उद्धार गरी भक्तपुर अस्पताल लगिएकोमा त्यही उपचारको क्रममा ५ः२५ बजे मृत्यु भएको प्रहरी परिसरले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको परिसरका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक लोकबहादुर जिसीले बताउनुभयो ।