बुद्धविहार, भृकुटीमण्डपमा कथिन चीवर दान सम्पन्न (फाेटाेफिचर)

बुद्धविहार, भृकुटीमण्डपमा कथिन चीवर दान

सुनीता तुलाधर, काठमाण्डाै, कार्तिक २५ गते ।

काठमाण्डाैकाे भृकुटीमण्डप स्थित बुद्धविहारमा कार्तिक २५ गते विहिवारका दिन भिक्षु महासंघलाइ कथिन चीवर दान गरी उत्सव मनाइयाे । उक्त विहारका प्रमुख भिक्षु काेण्डन्य महास्थविर एवं भिक्षु सुद्धिकाे विनयपूर्वक ३ महिना वर्षावास पूरा गर्नुभएकाे उपलक्ष्यमा कथिनदाता लक्ष्मी महर्जन र सपरिवारले भिक्षु महासंघलाइ कथिन चीवर दान गरेका थिए ।