संघनायकका विहार बाेधिचर्या बनेपामा कथिन चीवर दान सम्पन्न (फाेटाे फिचर)

नेपालका आठाैं संघनायक बाेधिसेन महास्थविर

सुनीता तुलाधर, बनेपा, कार्तिक २५ गते ।

नेपालका आठाैं संघनायक भिक्षु बाेधिसेन महास्थविर विनयपूर्वक ३ महिना वर्षावास बस्नु भएकाे उपलक्ष्यमा २०७८ कार्तिक २४ गते बुधवारका दिन बेनपास्थित बाेधिचर्या विहारमा कथिन चीवर दान सम्पन्न भयाे । कथिन दाताहरू साेनी बज्राचार्य, रूपा शाक्य, संगीता शाक्य र परिवारले भिक्षु महासंघलाई कथिन चीवर दान गर्नुभएकाे थियाे ।

साथै  धम्मकाय फाउण्डेशन, थाइल्याण्डबाट पनि संघनायक तथा विहारका लागि उपहार प्रदान गरिएकाे थियाे ।

साथै उक्त समाराेहमा संघनायकद्वारा नेपालीमा अनुवादित एवं सम्पादित ‘महापरित्राण’ पुस्तक पनि विमाेचन गरी वितरण गरिएकाे थियाे ।