नारायण विलास जोशी स्मृति प्रतिष्ठानको पा“चौं साधारणसभा सम्पन्न

भक्तपुर, असोज १६
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नारायण विलास जोशी स्मृति प्रतिष्ठानको पा“चौं साधारणसभा शुक्रवार सम्पन्न गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष डा. राजेन्द्रमान श्रेष्ठको सभापतित्वमा भएको उक्त सभामा सचिव महेन्द्रगोपाल कर्माचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । कोरोना भाइरसका कारण धेरै कार्यक्रमहरु गर्न नसकेपनि महत्वपूर्ण काम भवन निर्माण ९० प्रतिशत सम्पन्न भइसकेको जानकारी कर्माचार्यले सभामा दिनुभयो ।
त्यसैगरी कोषाध्यक्ष सुशिला सुवेदीले आ.व. २०७७÷७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै भवन निर्माणको लागि विभिन्न निकायबाट आर्थिक सहयोग आएकोमा प्रदेश सांसदकोषबाट प्राप्त हुनु पर्ने ९१ लाख तीस हजार मध्ये करिव २७ लाख मात्र प्राप्त भएको र बाँकी रकम प्राविधिक कारण मध्यपुर थिमि नगरपालिकामा आइसकेको बजेट पनि फिर्ता गएको जानकारी दिनुभयो ।
सभाले डा. राजेन्द्रमान श्रेष्ठकै अध्यक्षतामा ११ सदस्यी नया“ कार्यसमिति चयन गरिएको छ । नया“ कार्यसमितिमा उपाध्यक्ष रामसुन्दर हाडा, सचिव महेन्द्रगोपाल कर्माचार्य, कोषाध्यक्ष सुशिला सुवेदी, सदस्यहरुमा श्यामकृष्ण कोजु, कृष्णसुन्दर घो, शिवहरी प्रधानाङ्ग, अर्जुन बस्नेत, कृष्णलाल गोजा श्रेष्ठ, अनिता श्रेष्ठ र पुण्य रन्जित चयन भएका छन ।