भक्तपुर नगरमा तमखुको प्यानल विजयी

भक्तपुर नगरमा तमखुको प्यानल विजयी
भक्तपुर, असोज १०
नेपाली कांग्रेस भक्तपुर नगर कार्यसमितिमा राजेन्द्र तमखुको प्यानल विजयी भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतवार सम्पन्न भक्तपुर नगरको निर्वाचनमा तमखुको प्यानलै विजयी भएको हो ।
नगर सभापतिमा निर्वाचित तमखुले ८९ मत ल्याउनुभयो भने पराजित हुनुभएका राम कासुलाले ६८ मत प्राप्त गर्नुभयो ।
यसैगरी नगर उपसभापतिमा तमखुको प्यानलका राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजु र सुनिल राज दैवज्ञ, सहसचिवमा विष्णु प्रसाद गणेजु र आरती रञ्जीत, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजित भैल विजयी भएका छन ।