नेपाली कांग्रेस नगर अधिवेशन – भक्तपुरका चार वटै नगरपालिकामा दुई समूहबीच प्रतिष्पर्धा हुने

भक्तपुर, असोज १०
नेपाली कांग्रेस भक्तपुरको नगरअधिवेशनमा जिल्लाका चार वटै नगरपालिकामा दुई समूहबीच प्रतिष्पर्धा हुने भएको छ । जिल्लामा सक्रिय विभिन्न नेताहरुले एक आपसमा गठबन्धन गरेपछि भक्तपुरमा दुई समूहबीच प्रतिष्पर्धा हुने भएको हो ।
नगरअधिवेशनका लागि भक्तपुरमा गणेशमान चक्रधर, अष्ट कवे, महेश श्रेष्ठको समूहले गठबन्धन गरेका छन । यो समूहमा कविर राणा, विनोद कायष्ठ, बाबुराजा जोशी, राजनकाजी त्वाटी, विजेश अवाल, धर्मराज थापालगायतको समूहपनि समाहित भएका छन । त्यसैगरी जिल्ला सभापति दुर्लभ थापाको समूहमा बागमति प्रदेशसभा सदस्य कृष्णलाल भँडेल, दयामान कर्माचार्य, विगतमा चक्रधर समूहमा रहेका शिवहरी केसी, गत १३ औं महाधिवेशनमा महेश श्रेष्ठको समूह छाडेका राजाराम खड्कालगायतका नेताहरुको साथ रहेको छ ।
मध्यपुर थिमिको नगर सभापतिमा पुनः हरिदास प्रजापति र सुरेन्द्र श्रेष्ठबीच प्रतिष्पर्धा हुने भएको छ । प्रजापतिले चक्रधर, कवे र श्रेष्ठको संयुक्त समूहबाट र श्रेष्ठले जिल्ला सभापति दुर्लभ थापाको समूहबाट सभापतिमा उम्मेदवारी दिएपछि यी दुई नेताहरुबीच पुनः प्रतिष्पर्धा हुन लागेको हो । यी दुईले १३ औं महाधिवेशनका दौरान सम्पन्न नगरअधिवेशनमा पनि प्रतिष्पर्धा गरेका थिए । त्यसबेला श्रेष्ठले प्रजापतिलाई झिनो मतान्तरले पराजित गरेका थिए ।
प्रजापतिको समूहबाट उपसभापतिमा अनिल श्रेष्ठ र सिताराम कुटु, सचिवमा राम थापामगर र रवि घजु तथा सहसचिवमा विजय प्रजापति र जीवन श्रेष्ठ प्रतिष्पर्धामा छन ।
त्यसैगरी श्रेष्ठको समूहबाट उपसभापतिमा बालकृष्ण प्रजापति र दानकृष्ण प्रजापति, सचिवमा दिनेश श्रेष्ठ र सविन प्रजापति, सहसचिवमा ओम जिमा श्रेष्ठ र प्रविन ह्याजु प्रतिष्पर्धामा छन ।
यसैक्रममा सूर्यविनायक नगर सभापतिमा थापा समूहबाट जिल्ला सचिव समेत रहेका निशान ढुंगेल र चक्रधर, कवे र श्रेष्ठको संयुक्त समूहबाट सूर्यविनायक नगर समितिका उपसभापति समेत रहेका रवि राणा अघि सरेका छन ।
ढुंगेलको नेतृत्वमा उपसभापतिमा रमण कायष्ठ र रमेश अधिकारी, सचिवमा सुमन न्यौपाने र विश्वराम थापा, सहसचिवमा अमीर ढुंगाना र सुरेश केसी प्रतिष्पर्धामा छन । त्यसैगरी ढुंगेलको समूहबाट दुई जना क्षेत्रीय प्रतिनिधिको लागि अम्बिका थापा र शशि बस्नेतले उम्मेदवारी दिएका छन ।
यस्तै राणाको नेतृत्वमा उपसभापतिमा दिनेश न्यौपाने र महेश केसी, सचिवमा उपेन्द्र तिमलसिना र लक्ष्मण थापा, सहसचिवमा रुपक न्यौपाने र राम गोतामेले प्रतिष्पर्धा गर्दैछन ।
चाँगुनारायण नगरपालिकामा गोपाल पौडेल समूह र शिवहरी केसी समूहको विच निर्वाचन हुने भएको छ । पौडेल चक्रधर, कवे र श्रेष्ठ समूहका हुन भने केसी थापा समूहका हुन । पौडेलको समूहबाट उपसभापतिमा सन्जिब प्रसाद दुलाल र रितेश खड्का, सचिवमा उद्दव प्रसाद अधिकारी र जयनाथ गिरी तथा सहसचिवमा पुष्कर खड्का र पुकार पराजुलीले उम्मेदवारी दिएका छन् ।
यस्तै केसीको समूहबाट उपसभापतिमा राजकुमार दाहल र दिनेशराज गिरी, सचिवमा दिनेश थापा र सिजन कार्की तथा सहसचिवमा गोकर्ण पुरी र चन्द्रखेशर खत्री चुनावी मैदानमा छन् ।
भक्तपुर नगरपालिकामा थापा समूहबाट पुनः राम कासुलाले सभापतिका उम्मेदवारी दिएका छन । उनी वर्तमान नगरसभापति समेत हुन । उनको नेतृत्वमा उपसभापतिमा प्रकाश जोन्छें र किरण प्रजापति, सचिवमा कृष्ण सुन्दर खाईतु र अधिवक्ता अनिस सुवाल तथा सहसचिवमा शान्ति कासुला र रविन्द्र खड्काले उम्मेदवारी दिएका छन ।
त्यसैगरी थापा इत्तर समूहबाट भक्तपुर नगरसभापतिमा राजेन्द्र तमखु, उपसभापतिमा राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजु र सुनिल राज दैवज्ञ, सहसचिवमा विष्णु प्रसाद गणेजु र आरती रञ्जीत, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजित भैल चुनावी मैदानमा छन ।
नेपाली कांग्रेसको नगर अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि असोज १० गते आइतवार बिहान ८ बजेदेखी १२ बजेसम्म मतदान हुने कांग्रेस जिल्ला निर्वाचन समितिले जनाएको छ । मध्यपुर थिमिको शंखधर पार्टी प्यालेस, सूर्यविनायकको इम्पेरियल बैंक्वेट, भक्तपुरको भक्तपुर बैंक्वेट र चाँगुनारायणको नगरपालिकाको सभाहल हेलमेट डाँडामा मतदान केन्द्र तोकिएको छ ।