नेपाली कांग्रेस भक्तपुरको पालिका अधिवेशन – प्रजापति, तमखु, केसी र ढुंगेलका पुरै प्यानल विजयी

लक्ष्मी गारु, भक्तपुर, असोज ११
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भक्तपुरका चार वटै स्थानीय तहमा निर्वाचनमार्फत नेतृत्व चयनगरी अधिवेशन सम्पन्न भएको छ । भक्तपुरका चार स्थानीय तहमध्ये जिल्ला सभापति दुर्लभ थापा समूहले दुई र थापा इत्तर समूहले दुई स्थानमा प्यानलै जित हासिल गरेका छन । नगर अधिवेशनमा जिल्ला सभापति थापा पक्षको एक समूह र त्यसको विरुद्ध नेताहरू गणेशमान चक्रधर, अष्ट कवे, महेश श्रेष्ठ, कविर राणा र विनोद कायष्ठ लगायतको संयुक्त समूह बीच चुनावी प्रतिष्पर्धा भएको थियो ।
जिल्ला सभापति थापा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा निकटका हुन भने थापा इत्तर समूहमा कांग्रेस संस्थापनपक्ष देउवा इत्तर समूहका नेताहरु कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र कोइराला परिवार निकट नेताहरु छन । यो समूहमा विगतमा देउवा निकट रहेका गणेशमान चक्रधरको समूह समेत सम्मिलित छन ।
नेपाली कांग्रेस मध्यपुर थिमि नगर कार्यसमितिमा हरिदास प्रजापतिको पुरै प्यानल विजयी भएको छ । प्रजापति जिल्ला सभापति थापा इत्तर समूहका हुन । प्रजापति १९० मतका साथ विजयी हुनुभयो । उहाँका प्रतिष्पर्धी सुरेन्द्र श्रेष्ठले ८५ मत प्राप्त गर्नुभयो । प्रजापति र श्रेष्ठ १३ औं महाधिवेशनमा पनि मध्यपुर थिमिको नगरसभापतिमा प्रतिष्पर्धा गरेका थिए । सो बेला श्रेष्ठले प्रजापतिलाई झिनो मतान्तरले पराजित गर्नुभएको थियो ।
नगर समितिको उपसभापतिमा प्रजापतिको प्यानलका अनिल श्रेष्ठ (२०६), सिताराम कुटु (२१३), सचिवमा राम थापामगर (२०२), रवि घजु (२०५), सहसचिवमा विजय प्रजापति (२२४), जीवन श्रेष्ठ (१८५) विजयी हुनुभयो ।
त्यसैगरी कार्यसमिति सदस्य समानुपातिक जनजाती महिलातर्फ विना श्रेष्ठ (२२३), ईन्दिरा श्रेष्ठ (२२१)। कृष्णदेवी घवा बाडे (२१४), कृष्णकुमारी श्रेष्ठ (२२२) र भारती गुरुङ (२११) विजयी हुनुभयो । समानुपातिक जनजाती खुल्लातर्फ सुविन श्रेष्ठ (२२१), बाबुकाजी छुँ (२१३), विनोद श्रेष्ठ (२३२), कृष्णसुन्दर प्रजापति (२०७) र सुन्दर ज्ञान डंगोल (बाडे) (२१४) विजयी हुनुभयो ।
समानुपातिक खसआर्य महिलातर्फ कल्पना देवी पोखरेल (२१८), रुपाकुमारी पोखरेल (२२३) र निर्मला खड्का (२२०) तथा समानुपातिक खसआर्य खुल्लातर्फ प्रद्युम्न प्रसाद पौडेल (२३२), राजेन्द्र खड्का (२२३), गोकुल खड्का (२४३) र रविन खड्का (२१७) विजयी हुनुभयो ।
त्यसैगरी वडा नं. १ बाट जगतकृष्ण प्रजापति (२३४), रत्नकृष्ण कवे (२३०), विजयलक्ष्मी महर्जन (२१८), वडा नं. २ बाट भावना तिमिल्सिना थापामगर (२१०), बगिन्द्र राई (२२४), रामचन्द्र रानामगर (२२३), वडा नं. ३ बाट निर्मला गौतम (२२४), सगुन श्रेष्ठ (२१३), रामे खत्री (२१३), वडा नं. ४ बाट जमुना श्रेष्ठ (२१३), राजेन्द्र कपाली (२२२), कृष्ण मानन्धर (२२३), वडा नं. ५ बाट सूर्यमाया प्रजापति (२१३), हरिचन्द्र श्रेष्ठ (२२७), प्रेमनाथ श्रेष्ठ (२३२), वडा नं. ६ बाट बालकृष्ण प्रजापति (२१४), सुदन श्रेष्ठ (२२०), वडा नं. ७ बाट सुरज पौडेल (२१४), सुदिप कालु (२१४) र वडा नं. ९ बाट सुशिला नापित (२०४), दिलकृष्ण होना (२३५), शान्ति होना प्रजापति (२३१) विजयी हुनुभयो ।
चाँगुनारायण नगरसभापतिमा शिवहरी केसी निर्वाचित हुनुभएको छ । उहाँले १८८ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिष्पर्धी गोपाल पौडेलले ५८ मत प्राप्त गर्नुभयो । चाँगुनारायणमा केसीको प्यानलै विजयी भए । केसी जिल्ला सभापति थापा समूहका हुन ।
उपसभापतिमा राजेन्द्रकुमार दाहाल (१८५), दिनेशराज गिरी (१९१), सचिवमा दिनेश थापा (१९१), सिजन कार्की (१८६), सहचिवमा गोकर्ण पुरी (१८७), चन्द्रशेखर खत्री (१६९) विजयी हुनुभयो ।
कार्यसमिति सदस्यतर्फ वडा नं. १बाट शर्मिला घिमिरे (१६८), कृष्ण बहादुर श्रेष्ठ (१६८), विक्रम थापा (१७५), वडा नं. २ बाट तुलसी कार्की (१७७), वडा नं. ३ बाट जयराम दाहाल (१८९), शहदेव केसी (२०९), वडा नं. ४ बाट गोपीमाया तामाङ (१७९), मखनसिंह लामा (१८५), प्रेमलाल श्रेष्ठ (१७१), वडा नं. ५ बाट आनन्द थापा (१८५), विवेक खड्का (१९०), वडा नं. ७ बाट रमेश लामा (१९३), नकुल लामिछाने (१८१), वडा नं. ८ बाट संगिता गौतम (१७७), राजु तामाङ (१८६), गंगा प्रसाद घोरासाईने (१९५), वडा नं. ९ बाट ज्ञानु केसी (१६९) निर्वाचित भए ।
त्यसैगरी आदिवासी जनजातीतर्फ महिलामा तीर्थकुमारी श्रेष्ठ (१९५), सविना हंजु सुवाल (२०१), धनमायाँ तामाङ (१८९), आरती लामा (१८३) र पुरुषतर्फ ज्ञानकृष्ण श्रेष्ठ (१८५), श्यामप्रसाद प्रधान (१८१), विकल श्रेष्ठ (१८५) र नातीभाई नयाँजु (१८७) विजयी भए । खसआर्य सदस्यतर्फ महिलामा पुष्पा पौडेल (२०३), सम्झना अर्याल (२०१) विजयी हुनुभयो ।
भक्तपुर नगरसभापतिमा थापा इत्तर समूहका राजेन्द्र तमखु विजयी हुनुभयो । भक्तपुर नगरमा तमखुको पुरै प्यानल विजयी भएको हो । तमखुले ८९ मत प्राप्त गर्दा उहाँको प्रतिष्पर्धी राम कासुलाले ६८ मत प्राप्त गर्नुभयो । भक्तपुर उपसभापतिमा राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजु र सुनिलराज दैवज्ञ, सहसचिवमा विष्णुप्रसाद गणेजु र आरती रञ्जीत, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजित भैल विजयी हुनुभयो ।
त्यसैगरी सूर्यविनायक नगरसभापतिमा निशान ढुंगेल निर्वाचित हुनुभयो । थापा समूहका ढुंगेलले १४४ मत र थापा इत्तर समूहका रवि राणाले ११२ मत प्राप्त गर्नुभयो । ढुंगेल काँग्रेस जिल्ला सचिव हुनुहन्थ्यो भने राणा सूर्यविनायक नगर उपसभापति हुनुहन्थ्यो । ढुंगेलको नेतृत्वमा उपसभापतिमा रमण कायष्ठ र रमेश अधिकारी, सचिवमा सुमन न्यौपाने र विश्वराम थापा, सहसचिवमा अमिर ढुंगाना र सुरेश केसी विजयी हुनुभयो ।