शंखधर साकोसको रक्तदान

भक्तपुर, साउन २४
भक्तपुरको मध्यपुर थिमि–४, शंखधरचोकमा शनिवार आयोजित खुल्ला रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन । शंखधर वचत तथा ऋण सहकारी संस्थाको सामाजिक उपसमितिले आयोजना गरेको सो कार्यक्रममा ३६ पुरुष र १२ महिलाले रक्तदान गरेका हुन ।
कोभिड–१९ को महामारीमा रगत अभावले कुनै पनि बिरामीको ज्यान जोखिममा नपरुन भनी सहकारीले सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान आयोजना गरिएको उपसमितिका संयोजक न्हुछेंराज बज्राचार्यले बताउनुभयो ।
रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले आवश्यक प्राविधिक र जनशक्तिको संयोजन गरेको संयोजक बज्राचार्यले जानकारी दिनुभयो ।