Saturday, October 16, 2021
Home भर्खरै

भर्खरै

just post the news

भक्तपुरमा पायःद्यो र सेतो घोडा जात्रा सम्पन्न

भक्तपुर, असोज ३० बडादशैंको ११ औं दिन पापांकुशा एकादशीको अवसरमा भक्तपुरको तलेजु भवानीको पायःद्यो जात्रा (खड्ग जात्रा) गएराती सम्पन्न भएको छ । तलेजु भवानीको साक्षात रुप मानिने पायःद्यो (खड्ग देवता)लाई रातो कपडाले व्यरेर युद्ध कवच...

साफ च्याम्पियनसिप फाइनल – भारतलाई हारको स्वाद चखाउँदैं पहिलो पटक उपाधी उचाल्ने दाउमा नेपाल

भक्तपुर, असोज ३० माल्दिभ्सको मालेमा जारी दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप २०२१ को उपाधीका लागि आज राती नेपाल र भारत भिड्दैछन । साफ फुटबलको ईतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको नेपाल जारी प्रतियोगितामा अपराजित...

श्रद्धालु भक्तजनको ठूलो भिडसहित ब्रम्हायणी शक्तिपीठमा  मेला सम्पन्न

भक्तपुर, असोज २८ बडादसैंको दशौं दिन विजयदशमीको अवसरमा शुक्रबार भक्तपुरको प्रसिद्ध ब्रम्हायणी शक्तिपीठमा श्रद्धालु भक्तजनको ठूलो भिडसहित मेला सम्पन्न भएको छ । धार्मिक तथा सा“स्कृतिक रुपले अत्यन्त महत्वपूर्ण मानिने भक्तपुरको ब्रम्हायणी शक्तिपीठको दर्शन र पुजाका...

नेवार समूदायले धुमधामले मनाए मोहनी नखाः

भक्तपुर, असोज २८ बडादशैंको नवौं दिन आज (बिहिवार) नेवार समूदायले मोहनी नखः धुमधामले मनाएका छन । घटस्थापनाको दिन घरघरमा नलस्वाँ (जमरा) राखेर शुरु भएको बडादशैंलाई नेवार समूदायले मोहनी नखःकोरुपमा मनाउँछन । महिषासुरलाई नवदुर्गा भवानीले सौन्दर्यको...

भक्तपुरमा खःमेय् ब्वाकेगु जात्रा सम्पन्न

भक्तपुर, असोज २८ बडादशैंको नवौं दिन महानवमीको अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा सा“स्कृतिक खःमेय् व्वाकेगु (रा“गो दौडाउने) जात्रा बिहिबार सम्पन्न भएको छ । धार्मिक, सा“स्कृतिक, र ऐतिहासिक रुपले अत्यन्त महत्वपूर्ण मानिने खःमेय्लाई महिषासुर दैत्यको प्रतीकका...

माझखण्ड धातुचैत्य विहारमा तिपिटक वाचक श्रीदिपद्वारा तिपिटक वाचन

सुनीता तुलाधर ललितपुर, असाेज २८ सानै उमेरमा बौद्ध धर्मग्रन्थ तिपिटक वाचन गर्दै आउनु भएका श्रीदिप शिल्पकारले भिक्षु बोधिज्ञान महास्थविर वर्षाबास बस्नु भएको माझखण्ड धातुचैत्य विहारमा तिपिटक वाचन गर्नुभएको छ । https://www.facebook.com/100042909346180/videos/2744820995815140/ शिल्पकारले गत असोज २४ गते तिपिटकको सुत्तपिटक...

भिक्षु बोधिज्ञान महास्थविरको वर्षावास माझखण्ड धातु चैत्य विहारमा

ललितपुर, असोज २७ भिक्षु बोधिज्ञान महास्थविरले यसवर्षको वर्षावास ललितपुर जिल्लाको दक्षिण भेगस्थित बागमती गाउँपालिका–५ मा अवस्थित माझखण्ड धातु चैत्य विहारमा बस्नुभएको छ । बौद्ध धर्मग्रन्थ अनुसार असार पूर्णिमा देखि असोज पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमासम्म ३...

बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल साफको इतिहासमै पहिलोपटक फाइनलमा

भक्तपुर, असोज २७ नेपाल दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सको राजधानी मालेमा जारी साफ च्याम्पियनसिप २०२१ को बुधवार साँझ सम्पन्न खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपाल...

श्रीलंकाका राजदुत अरुणतिलकाद्धारा बुद्धको मुर्ति दान

ललितपुर, असोज २७ श्री अष्ट सद्धर्मायतन विहारको लागि श्रीलंकाका राजदुत हिमाली अरुणतिलकाले बुद्धको मुर्ति दान गर्नुभएको छ । राजदुत अरुणतिलकाले श्री अष्ट सद्धमार्यतन विहारको ध्यान हलको लागि सो मुर्ति उक्त विहारका विहार प्रमुख श्रद्धेय भिक्षु...

दशैँ क्विनको विजेता बनिन अन्जु बुढाथोकी

भक्तपुर, असोज २६ व्यवसायी तथा समाजसेवी अन्जु बुढाथोकी नेपालीहरुको महान चांड बढादशैँ अर्थात विजयादशमीको अवसरमा काठमाण्डौंमा आयोजित दशैँ क्विन–२०७८ को विजेता बन्न सफल भएकी छिन । त्यसैगरी दशैं क्विन – २०७८ कोत्यसैगरी फस्ट रनरअप ब्युटिसियन गीता...

MOST POPULAR