मध्यपुर महोत्सव–२०८१– नगरका ८० भन्दाबढी स्थानमा २०० स्टल रहने
भक्तपुर, मंसिर १८
मध्यपुर थिमि नगरपालिकाले यही पौष १२, १३ र १४ गते आयोजना गर्ने मध्यपुर महोत्सव–२०८१ मा ८० भन्दाबढी स्थानमा २ सय भन्दा बढी स्टल रहने भएको छ । महोत्सवमा नगरको शंखधर चोकदेखि नगदेश...
भक्तपुरमा एड्स संक्रमित एक सय ५१ जना
भक्तपुर, मंसिर १६
भक्तपुर जिल्लामा कुल एक सय ५१ एचआईभी एड्स संक्रमित रहेको छ । उनीहरु सबैले औषधि सेवन गरिरहेको जनस्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
३७ औँ विश्व एड्स दिवसको अवसरमा आइतवार जनस्वास्थ्य कार्यालयले राधेराधेस्थित...
मुलुकको समृद्धि र समाज रुपान्तरणका लागि गुणस्तरीय आवश्यक – नगर प्रमुख श्रेष्ठ
भक्तपुर, मंसिर १६
मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले मुलुकको समृद्धि र समाज रुपान्तरणका लागि गुणस्तरीय, व्यवहारिक एवं संस्कारयुक्त शिक्षा आवश्यक रहेको बताउनुभएको छ ।
मध्यपुर थिमि नगरपालिका वडा नं. ४ स्थित सनसाईन (एसएस) कलेजको...
भक्तपुर नगरपालिकाद्धारा १५१ जनालाई शैक्षिक ऋण प्रदान
भक्तपुर, मंसिर १४
भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०८१÷०८२ मा एक सय ५१ जनालाई शैक्षिक ऋण प्रदान गरेको छ । नगरपालिकाभित्र स्थायी बसोवास गर्ने विपन्न र जेहेन्दार विद्यार्थीका लागि शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर सहुलियत...
गट्ठाघरमा टेलरको ठक्करले स्कुटीमा सवार महिलाको मृत्यु
भक्तपुर, मसिर १४
भक्तपुरको मध्यपुर थिमि–३ गट्ठाघर चोकमा बिहिवार बिहान १२ चक्के टेलरले स्कुटीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक पुरुष घाईते भएका छन । भक्तपुरबाट काठमाण्डौंतर्फ जाँदैं गरेको ना ८ ख...
नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न भवनको शिलान्यास
भक्तपुर, मंसिर १०
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न नयाँ भवन निर्माण हुने भएको छ । नयाँ भवन निर्माणको सोमबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रमकाबीच उपप्रधान एवं शहरी विकास...
प्याव्सन मध्यपुर थिमि नगर अध्यक्षमा बस्नेत निर्वाचित
भक्तपुर, मंसिर ९
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) मध्यपुर थिमि नगर अध्यक्षमा सुमन बस्नेत चयन हुनुभएको छ । प्याव्सन मध्यपुर थिमि नगर समितिको आइतवार सम्पन्न तेस्रो अधिवेशनले युनिक नेपाल एकेडेमी लोहकिल्थलीका बस्नेतलाई अध्यक्ष...
भ्रष्टाचार रोक्न शिक्षा, स्वास्थ्य निःशुल्क गर्नुपर्छ ः प्रदेश मन्त्री खड्गी
ललिता साह, भक्तपुर, मंसिर ९
बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरीप्रभा खड्गीले भ्रष्टाचार न्यूनिकरणका लागि शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने बताउनुभएको छ । भक्तपुरको दरवार स्क्वायरस्थित श्री पद्म माविको १०१ औं र पद्म कलेको १५...
सर्वोच्चले नदीनाला वरपर थप २० मिटर खुला राख्नुपर्ने फैसलालाई पुनरावलोकन गर्ने
भक्तपुर, मंसिर ७
सर्वोच्च अदालतले काठमाण्डौं उपत्यकाका नदीनाला वरपर थप २० मिटर खुला राख्नुपर्ने आफ्नो फैसलालाई पुनरावलोकन गर्ने भएको छ ।
सर्वोच्च अदालतले बागमतीलगायत काठमाण्डौं उपत्यकाका नदि र खोलानाला वरपर थप २० मिटर क्षेत्रमा कुनै निर्माण...
स्वास्थ्य मन्त्री पौडेलद्धारा भक्तपुरको रक्त सञ्चार केन्द्र निरीक्षण
भक्तपुर, मंसिर ६
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले बुधवार नेपाल रेडक्रस सोसाईटी भक्तपुरले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रको निरीक्षण गरी केन्द्रले प्रदान गर्दै आइरहेको सेवाको बारेमा जानकारी लिनुभएको छ ।
सो अवसरमा मन्त्री पौडेललाई नेपाल रेडक्रस...