श्री शाक्यमुनि विहार, टक्सार, भोजपुरको धार्मिक यात्रा संस्मरण – १
शाक्य रत्न, काठमाण्डौ, कार्तिक १४ ।
भोजपुर जिल्लाको नाम म करिब १२ वर्षको हुँदा नै मेरो मानसपटलमा बसेको थियो । यसको कारण भोजपुरबाट त्यतिबेला मेरै नाम गरेका अर्थात संघ रत्न शाक्य भन्ने एक युवा (हाल...
मध्यपुर महोत्सव २०८१– क्षेत्रगत समिति गठन पुरा
भक्तपुर, कार्तिक १४
मध्यपुर महोत्सव २०८१ लाई ऐतिहासिक रुपमा सफल बनाउन क्षेत्रगत समिति गठनले पूर्णता पाएको छ । मध्यपुर महोत्सव २०८१ मूल समारोह समितिले नगरका परम्परागत बस्ती क्षेत्रको आधारमा ६ वटा साँस्कृतिक क्षेत्रगत समिति गठन...
गायक मधु क्षेत्री सम्मानित
भक्तपुर, कार्तिक १२
वरिष्ठ गायक मधु क्षेत्री भक्तपुरमा सम्मानित भएका छन् । फूलै फूल मात्र पनि होइन रैछ जीवन, पानी खाने निउले तिम्रो घर आउला, हुरीले उडाउन सकेन, साईली र माहिली पोइला गएछन् बाउ बाजेको...
भक्तपुर महोत्सव–२०८१ मूल समारोह समितिको बैठक सम्पन्न
भक्तपुर, कार्तिक ८
भक्तपुर महोत्सव २०८१ मूल समारोह समितिको बैठक बिहिबार सम्पन्न भएको छ । समितिका अध्यक्ष एवं नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बैठक बसेको हो ।
बैठकमा प्रमुख प्रजापतिले ‘भक्तपुर महोत्सव’ भक्तपुर नगरपालिकाको मात्र नभई...
‘माखायात ग्वंगः माः’ म्यूजिक भिडियो सार्वजनिक
ललितपुर, कार्तिक ४ गते ।
नेपालभाषाको गीत ‘माखायात ग्वंगः माः’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । हाल हङकङमा बस्दै आएका संगीतकर्मी कृष्णभक्त महर्जन र गायिका बानिका प्रधानबाट गाइएको गीत ‘माखायात ग्वंगः माः’ को म्यूजिक...
कथिन दानोत्सवको दोश्रो दिन मणिमण्डप, कुटि विहार लगायत ११ स्थानका विहारहरुमा कथिन चीवर दान...
सुनिता तुलाधर, ललितपुर, कार्तिक ३ गते ।
कथिन चीवर दानको दोश्रो दिन आज ललितपुरको मणिमण्डप महाविहार, काठमाण्डौको कुटी विहारलगायत अन्य विहारहरुमा दाताहरुले भिक्षु महासंघलाई कथिन चीवर दान गरेका छन् ।
अखिल नेपाल भिक्षु महासंघका उपाध्यक्ष एवं...
थेरवाद बुद्ध धर्मानुसारको कथिन चीवर दानोत्सव हिजोदेखि देशभर शुरु, पहिलो कथिन दान बौद्धजन विहारमा...
सुनिता तुलाधर, ललितपुर, कार्तिक ३ गते ।
थेरवादी बुद्ध धर्ममा वर्षातको ३ महिना उपसम्पदा प्राप्त भिक्षुहरु कुनै एक विहारमा विनयपूर्वक वर्षावास बस्नुपर्ने विनय रहेको छ र सो वर्षावासपछि उक्त विहरमा भिक्षु संघलाई दाता उपासकोपासिकाले कथिन...
स्रोत नखुलेको साढे ८ लाख नगद सहित राधेराधेबाट एक जना पक्राउ
भक्तपुर, कार्तिक १
भक्तपुर प्रहरीले स्रोत नखुलेको रकमसहित मध्यपुर थिमि–९ राधेराधेबाट बुधवार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको गजुरा नगरपालिका–४ स्थायी घर भई हाल काठमाण्डौं महानगरपालिका–७ रातोपुल बस्ने ३७ वर्षिय शशीकान्त चौलागाई...
मध्यपुर थिमिमा ‘खाँ पिहाँवईगु’ जात्रा मनाईयो (फोटो फिचरसहित)
भक्तपुर, असोज २७
पापाङ्कुशा एकादशीको अवसरमा आइतवार मध्यपुर थिमिमा मल्लकालिन युद्धको झल्को दिने गरी ‘खाँ पिहाँवईगु’ (खाँ निस्कने) जात्रा मनाईएको छ । तत्कालिन राजदरवारको रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवज...
नेवार समूदायले मनाए बली पुजासहित ‘स्याक्वट्याक्व’
भक्तपुर, असोज २५
कला र संस्कृतिका धनी नेवार समूदायले आज (शुक्रवार) महानवमीको अवसरमा मोहनी नखःको स्याक्वट्याक्व मनाएका छन । मोहनी नखः नेवार समूदायले मनाउने सबैभन्दा ठूलो पर्व हो । यो पर्वको मूख्य दिन आज नेवार...