सतकुलपुत्त श्रामणेर प्रव्रज्या बुटवलको अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहारमा चैत २५ गतेदेखि शुभारम्भ हुने
बुटवल, चैत २१ गते ।
सतकुलपुत्त अर्थात एकसय जना कुलपुत्रहरुको अल्पकालिन श्रामणेर प्रव्रज्या कार्यक्रम यही चैत २५ गतेदेखि बेशाख ४ गतेसम्म बुटवल, डिङ्गरनगरस्थित अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहारमा हुन गईरहेको छ । श्वेपारमी निःशुल्क शिक्षा...
मध्यपुर थिमिका आकाशे पुलमा सँस्कृति झल्कने भित्ते चित्रकला
भक्तपुर, चैत्र २१
अरनिको राजमार्ग अन्तर्गत मध्यपुर थिमि नगरपालिकाभित्र रहेको आकाशे पुलका भित्ताहरु रंगीन र कलात्मक बनेको छ । मध्यपुर थिमि नगरपालिकाले नगरको कला सँस्कृति झल्कने गरी भित्ते चित्रकलाले रंगाएपछि आकाशे पुलका भित्ताहरु रंगीन र...
चाँगुनारायणमा सञ्चालित सहारा परियोजनाकाबारेमा अभिमुखीकरण
भक्तपुर, चैत्र २१
चाँगुनारायण नगरपालिकामा सञ्चालित स्वस्थ बुढ्यौली (सहारा) परियोजनाका बारेमा बुधवार नगरस्तरिय अभिमुखीकरण गरेको छ । स्विस रेडक्रसको सहयोग र नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाको समन्वयमा नेपाल रेडक्रस सोसाईटीले सञ्चालन गरिरहेको सो परियोजनाको बारेमा...
खोकनाको ऐतिहासिक १२ वर्षे सिकाली अजिमा जात्रा काठमाडौंमा, परम्परागत सम्पदाहरुको संरक्षण राज्यबाटै हुनुपर्ने माग
काठमाडौं, चैत्र २१
राष्ट्रकै पहिचानको रुपमा स्थापित परम्परागत अमूर्त सम्पदाहरुलाई राज्यस्तरबाटै संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न सरोकारवालाहरुले माग गरेका छन् । ललितपुर खोकनाको ऐतिहासिक १२ वर्षे सिकाली जात्रा काठमाडौं ल्याइने सम्वन्धमा जानकारी दिन काठमाडौंमा आयोजित...
छालिङ त्रिशुलडाँडाबाट नगद ६ लाखसहित २० जना पक्राउ
भक्तपुर, चैत्र २०
चाँगुनारायण नगरपालिका–५, छालिङ त्रिशुलडाँडामा रेल कुमार तामाङले सञ्चालन गरेको रुद्राक्ष होटलबाट प्रहरीले ६ लाख नगदसहित २० जनालाई सोमवार राती पक्राउ गरेको छ । उनीहरुलाई जुवा तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ...
प्रजिअ श्रेष्ठको पहलपछि प्राधिकरणले पुनः जोड्यो अरनिको राजमार्गको विद्युत
भक्तपुर, चैत्र २०
प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको निरन्तरको प्रयास पछि नेपाल विद्युत प्राधिकरणले अरनिको राजमार्गको विद्युत लाइन काटिएको पाँच घण्टापछि पुनः जोडिएको छ ।
विद्युत प्राधिकरणले मानविय संवेदनालाई समेत बेवास्ता गर्दै अति व्यस्त राजमार्गको...
आफ्नै घरमा अचेत फेला परेका बृद्धको मृत्यु
भक्तपुर, चैत्र १९
मध्यपुर थिमि–३, सागबारीमा अचेत अवस्थामा फेला परेका ६७ वर्षिय बृद्धको मृत्यु भएको छ । आफ्नै साढे २ तले घरको माथिल्लो तल्लाको कोठामा एक्लै बस्दै आएका ६७ वर्षिय हरि प्रसाद अर्याल बुधवार ओछ्यानमा...
नयाँ शैक्षिक सत्रमा विद्यार्थीले भर्नासँगै पाठ्यपुस्तक पाउने
लक्ष्मी गारु, भक्तपुर, चैत्र १९
नयाँ शैक्षिक सत्र २०८१ मा विद्यार्थीहरुले भर्नासँगै पाठ्यपुस्तक पाउने भएको छ । सधै पाठ्यपुस्तक छपाई गर्न ढिलाई गर्ने जनक शिक्षा सामग्री केन्द्र लि.ले यसवर्ष समयमा पाठ्यपुस्तक छपाईको काम सकाएकोले विद्यार्थीहरुले...
चाँगुनारायण नगरपालिकामा समूदाय स्तरमा प्रथम उद्धारकर्ता तयार
भक्तपुर, चैत्र १९
चाँगुनारायण नगरपालिकाले विपदका बेला खोज तथा उद्धारका लागि स्थानीय स्तरमा प्रथम उद्धारकर्ताहरु तयार पारेको छ । वडास्तरीय विपद् व्यवस्थापन समिति अन्तर्गत रहेर विपद्को अवस्थामा तत्काल प्रतिकार्य गर्नको लागि तालिम प्राप्त ती उद्धारकर्ताहरु...
बोदेको यस वर्षको बिस्काः जात्रामा २९ वर्षिय सुजनले जिब्रो छेडाउने
भक्तपुर, चैत्र १८
प्रसिद्ध बिस्काः (बिस्केट) जात्रा अन्तर्गत प्रत्येक वर्ष बैशाख २ गते मध्यपुर थिमिको बोदेमा हुने ‘म्ये प्वा खनेगु जात्रा’ (जिब्रो छ्ड्ने जात्रा)मा यस वर्ष स्थानीय २८ वर्षिय सुजन बाग श्रेष्ठले जिब्रो छेडाउने भएका...