एएसबिसी यु–२२ बक्सिङ, सुस्मा र हेमाको जित

भक्तपुर, माघ ६
थाइल्यान्डको बैंककमा जारी एएसबिसी यु–२२ बक्सिङ च्याम्पियनसिपको दोस्रो दिन बिहिवार नेपालका मुक्केबाज सुष्मा तामाङ र हेमा राईले जित हासिल गरेका छन् ।
महिला ४८ केजी तौल समूहमा सुस्माले भियतनामकी क्यूनहानलाई ५–० अंकले हराईन ५७ केजी तौलसमूहमा हेमा राईले सिङ्गापुरकी चौउजीमिन बेर्नेसलाई आरएसी आईको आधारमा दोस्रो राउण्डमा पराजित गरिन ।


यसैगरी ईन्द्रबहादुर सुनारले प्रिक्वाटरफाइनलमा लाओसका खेलाडीसंग ५–० अंकको आधारमा जित हासिल गर्दै क्वाटर फाईनल प्रवेश गरेका छन् । उनले क्वाटरफाइनलमा मङ्गोलियनका गन्तुमार लुण्डासंग भिड्ने छन् ।
पुरुष ४८ केजीमा लालप्रसाद उप्रेतीले फिलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चर संग जनवरी २० तारिखमा क्वाटरफाइनल खेल खेल्नेछन् । ५७ केजीमा नेपालका नेपालबाट सहभागी दुई खेलाडी बिजय बाटा (८६ केजी) र महिला खेलाडी त्रिशा जवेगु (७५ केजी) ले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । उनीहरुले क्रमशः इन्डोनेसियाका मोसकिता माईकल र काजिकिस्तानका एरजन गुल्सायसँग खेल्ने छन् ।