मिनि ट्रकमा स्कुटी ठोकिँदा एक जनाको मृत्यु

भक्तपुर, असार २३
भक्तपुरको चाँगुनारायण नगरपालिका–५, पिखेलमा बिहिवार साँझ निशान मिनि ट्रकमा स्कुटी ठोकिँदा एक जनाको मृत्यु भएको छ । डेकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा. ५ ख. ५४२३ नं. को निशान मिनि ट्रकमा सोही दिशा तर्फ जाँदै गरेको बा. ६७ प. ८४२२ नं. को स्कुटी ठोकिँदा भक्तपुर नगरपालिका–१, सल्लाघारी बस्ने ३२ वर्षिय माधब बस्नेतको मृत्यु भएको हो ।
स्कुटीले ओभरटेक गर्नेक्रममा अचानक मिनि ट्रकमा ठोकिएर दुर्घटना हुँदा बस्नेत गम्भिर घाईते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक लोकबहादुर जिसीले बताउनुभयो । घाईते बस्नेतलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा थप उपचारका लागि त्रि.वि. शिक्षण अस्पताल महाराजगन्ज, काठमाण्डौ पठाएकोमा त्यही उपचारका क्रममा उनको मृत्यु भएको हो ।
घटनास्थलमा परिसरका अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी दुवै सवारी साधन र मिनि ट्रक चालक भक्तपुर नगरपालिका– ८ लिवाली बस्ने ४३ वर्षिय सत्यराम कर्माचार्यलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिसीले बताउनुभयो ।